Logo

मुख्य समाचार

अझै भेटिएनन् बेपत्ता बस, धमिलो पानी र उच्च बहाबका कारण खोजीमा कठिनाइ



काठमाडौं । गए राति चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात छ ।

त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार ‍खोजीकार्य जारी छ ।

बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो ।

दुवै बसका गरी ६२ यात्रु बेपत्ता भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ४१ बजे