Logo

मुख्य समाचार

प्रचण्ड प्रमुख प्रतिपक्षको नेता बन्न योग्य व्यक्ति : रमेश लेखक



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले मिल्दैमा प्रतिपक्ष कमजोर हुने र लोकतन्त्र खतरामा नपर्ने तर्क गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य गर्दै उनले प्रचण्ड प्रमुख प्रतिपक्षको नेता बन्न योग्य व्यक्ति भएको बताए ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमाथिको छलफलमा बोल्दै उनले आफूले दुई ठूला राजनीतिक दल मिल्दा संसदीय व्यवस्थामा प्रतिपक्ष कमजोर हुन्छ भन्ने चिन्ता प्रकट हुने गरेको बताएका थिए । प्रचण्डले विज्ञहरू पनि यस विषयमा चिन्तित भएको आफूले पाएको बताएका थिए ।

“आज प्रधानमन्त्री रोस्टममा उभिँदा प्रमुख प्रतिपक्षको नेताको रूपमा देखेँ । त्यसैले प्रतिपक्ष कमजोर हुन्छ भन्ने लाग्दैन,” उनले भने । प्रमुख सचेतक लेखकले प्रतिपक्षमा बस्ने कला भएको व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर गल्ती भएको भन्दै व्यंग्य गरे ।

“अलिकति गल्ती भएछ ठिक मानिसलाई ठिक ठाउँम राखिएन कि । यस्तो प्रपितक्षको नेता हुनसक्ने मानिसलाई सम्भावना भएको लामो समयसम्म प्रधानमन्त्री बनाएर प्रतिपक्षलाई कमजोर गर्यौं कि ?,” उनले भने, “अब लोकतन्त्र कमजोर हुँदैन ।”

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १ : ५८ बजे