Logo

मुख्य समाचार

कास्कीमा पहिरोले पुरिएर ११ को मृत्यु भएकोबारे संसदको ध्यानाकर्षण



काठमाडौं । सांसदहरूले निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परि भएको धनजनको क्षति भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा धारणा राख्ने सबैजसो सांसदहरूले बाढी तथा पहिरोले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिबारे ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले कास्कीमा पहिरोबाट घर पुरिदा ११ जनाको मृत्यु भएको ब्रिफिङ गर्दै उचित राहत र उद्धारमा ध्यान दिन सरकारसँग माग गरेका छन्  ।

उनले भने, ‘अविरल वर्षाका कारण देशैभरि विभिन्न विपद्का घटनाहरु भइरहेका छन् । देश अत्यन्त शोकमा छ । कास्कीमा ठूलो पहिरोका कारण जनधनको क्षति भएको छ । मादी गाउँपालिका ११ मा माइती कुमारी गुरुङ वेपत्ता अवस्थामा हुनुहुन्छ । पहिरोका कारण एकै परिवारका सात जनाको मृत्यु भएको छ । सरकारले राहत र उद्धारमा सक्रियता देखाउन हार्दिक अनुरोध गर्दछु ।’

त्यस्तै, सांसद ठाकुर प्रसाद गैरेले गत हप्ता पनि सरकारको ध्यानाकर्षण गराएको भएपनि सरकारले आवश्यक पूर्वतयारी नगर्दा ठुलो धनजनको क्षति भएको बताए । देशभर बाढी र पहिरोकै कारण कयौं राजमार्ग अवरुद्ध छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ३५ बजे