Logo

प्रविधि

‘मोबाइलको बढ्दो प्रयोग आइटी दशकका लागि प्रभावकारी’



काठमाडौं । संचार तथा सुचना प्रविधी मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सरकारले आगामी दशकलाई आइटी दशकका रुपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दशकलाई प्रभावकारी बनाउने बताएका छन् ।

मोबाइल ब्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसरमा महासंघ र आइटेल मोबाइलको नेपालको विक्रेता महालक्ष्मी मोबाइलको कार्यक्रमलाई काठमाडौमा सम्बोधन गर्दै सुवेदीले मोबाइलको प्रयोग बढेको बताएका हुन् ।

उनले समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेकाले सरकारको फोकस अहिले ‘हाइवे कभरेज’मा केन्द्रित रहेको बताए ।

उनले भने, ‘चाहे खोल्सी होस, डाँडापाखा, जंगल सबैतिर सेवाको कभरेज हुनुपर्छ, सरकारको योजना हाइवेको कभरेजमा केन्द्रीत छ ।’

उनले सरकारले मोबाइल सेवाको बिस्तारमा फाइभजीलाई समेत प्राथमिकतामा राखेको स्पष्ट पारे ।

सुवेदीले मोबाइलको दोस्रो पटकको बिक्री (सेकेन्ड ह्यान्ड कारोबार) लाई समेत कार्यान्वयनमा अघि बढाउनुपर्ने बताए । त्यसले देशको पैसा देशमा नै रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

उनले मोबाइल ब्यवसायका सन्दर्भमा देखिएका जटिलतालाई संवाद र छलफलबाट समाधान गरिनुपर्ने बताउँदै त्यसका लागि आफू तयार रहेको समेत वताए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  ३ : ५० बजे