Logo

मुख्य समाचार

विश्वासको मत लिने अघिल्लो दिन प्रचण्डले डाके मन्त्रिपरिषद् बैठक



काठमाडौँ । बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएको सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले जानकारी गराए ।

उनका अनुसार बैठकका एजेण्डाबारे केही जानकारी गराइएको छैन । यद्यपि सरकार अल्पमतमा रहेकाले कुनै ठुला निर्णय नहुने मन्त्रीहरूको भनाइ छ ।

२०७९ साल पुस ११ गते प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै शुक्रबार संसदबाट विश्वासको मत लिँदैछन् । अहिलेसम्मको अवस्थामा प्रधानमन्त्रीले यो पटक विश्वासको मत गमाउनेछन् ।

नेपाली कांग्रेस र एमालेबीच नयाँ सत्ता समिकरण गर्ने समझदारी भएसँगै असार २८ पछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारी छ ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १२ : १६ बजे