Logo

मुख्य समाचार

पृथ्वी राजमार्ग एकतर्फी खुल्याे, दुईतर्फी सञ्चालन गर्न समय लाग्ने



काठमाडाैं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलाइएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा दुईतर्फी नै यातायात आवागमन रोकिएको थियो ।

पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्ने उनले बताइन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहिबार  १० : १९ बजे