Logo

मुख्य समाचार

सहकारी छानविन समितिले भन्यो– ‘सहकारी क्षेत्रमा परेका समस्या समाधान गर्न १५ भन्दा बढि श्रृंखलामा छफलफ गरिरहेका छौं’



काठमाडौं । संसदीय सहकारी छानविन समितिले सहकारी क्षेत्रमा देखा परेका समस्यामा १५ भन्दा बढि श्रृखलामा छफलफ गरेको जनाएको छ ।

समितिले राष्ट्र बैंकका गर्भनर, वित्तिय क्षेत्रका नेतृत्वकर्ता तथा नेपाल प्रहरीको अनुसन्धान विभागसँग छलफल गरेको प्रष्ट पारेको हो ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सूर्य थापाले समिति पीडितहरूको कुरा सुन्ने र समस्याको बारेमा खोजनिति गर्ने कुरामा अग्रसर हुने बताए । 

उनले भने, ‘यो संसदीय छानविन समिति हो, यसले कुनै उच्चस्तरिय सिआइवीको जस्तो काम गर्दैन । सूरक्षाकर्मीको जस्तो काम गर्दैन् तर यो समितिले समस्या खोज्छ र पीडितहरूको कुरा सुन्छ ।’

साथै, उनले सिंगो सहकारी क्षेत्र ठगिमा संगलग्न नभएको पनि  जिकिर गरे ।

उनले भने, ‘सिंगो  सहकारी क्षेत्रमा यो समस्या छैन, हामीले  सहकारी  क्षेत्रका ठूला व्यक्तित्व सँग पनि छलफल  गरिसकेका छौं । उहाँहरूले राखेको  राय  अनुसार  यो  ३१ हजार ३ सय ७३  सहकारीको समस्या होइन तर यो केही मात्र सहकारीको समस्या हो ।’

बुधबारको बैठकमा सहकारी पीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गरेका छन् । उनीहरुले साहारा बहुउद्देश्यीय सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा १ अर्ब रुपैयाँ लगानी गरेको भन्दै तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उपप्रधान तथा गृहमन्त्री लामिछाने उपर पनि छानबिन आवश्यक रहेको बताए ।  

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ५ : २० बजे