Logo

मुख्य समाचार

करेन्ट लागेर एकको मृत्यु



हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका –८ स्थित ईपाखहरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय रामबहादुर घिसिङको बारीमा बस्ने दिक्पाल स्याङ्तानको बिजुलीको पोलमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो ४ः३० बजेको समयमा करेन्ट लागेर ३७ वर्षीय स्याङ्तानको मृत्यु भएको थियो । घटनाको अनुसन्धान भइरहेको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार  ११ : ५१ बजे