Logo

मुख्य समाचार

सरकार संविधानकै धाराबाट बन्छ, ‘बाइसे धारा’बाट बन्ने होइनः रिजाल



काठमाडौं । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले नयाँ सरकार कुन धाराबाट बन्ने भन्ने वहसको विषय नभएको जिकिर गरेका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले नेकपा माओवादी केन्द्रले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार बन्ने दाबी गरिरहँदा रिजालले भने त्यो माओवादीको विषय नभएको बताएका हुन् ।

मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसद महिन्द्रराय यादवले नयाँ सरकार उपधारा ३ अनुसार बन्ने दाबी गरेपछि त्यही दाबीलाई जवाफ दिँदै उनले भने ‘अब बन्ने सरकार संविधानकै धाराभित्रबाट बन्ने हो । बालाजुको बाइसे धाराबाट बन्दैन । त्यसको चिन्ता तपाईंहरुले गर्नुपर्दैन ।’

सांसद रिजालले सरकार संविधानकै धारा अन्तर्गत बन्ने भन्दै बालाजुको बाईसे धाराबाट सरकार नबन्ने प्रष्ट पारे । गत असार १७ गते मध्यरातमा नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन् । 

एमाले र कांग्रेसबीच नयाँ सरकार गठनको सहमति भएपछि हरेक दिन चल्ने प्रतिनिधिसभा बैठकमा एमाले र माओवादीका सांसदहरुबीच सवाल–जवाफ चलिरहेको छ । 

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ३ : १५ बजे