Logo

मुख्य समाचार

रुस–भारत वार्षीक शिखर सम्मेलनमा सहभागि हुन भारतीय प्रधानमन्त्री मोदी रुसमा



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमणको रुपमा रुस पुगेका छन् ।

मोदी २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनका लागि मस्को पुगेका हुन् । मोदीलाइ रुसको विमानस्थलमा गार्ड अफ अनर दिइएको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा दुई दिने भ्रमणका लागि रुस पुगेका उनलाई प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदीले रुसी राष्ट्रपतिसँग २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार  ९ : २५ बजे