Logo

मुख्य समाचार

कोटेश्वरमा पार्किङमा राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु



काठमाडौं । काठमाडौंको कोटेश्वरमा पार्किङमा राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सडक किनारामा पार्किङमा राखिएको ना६ख ३१५८ नम्बरको ट्रकमा गए राति करिब सवा २ बजे वाग्मती प्रदेश–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो ।

ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ५० बजे