काठमाडौं । अध्यागमन विभागले दुबई घुम्न जान लागेका बताउने ७६ यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।
विभागले मानव ओसारपसारको आशंकामा उनीहरुलाई फिर्ता गरेको हो । ललितपुरस्थित शुभेक्षा बहुउदेश्य सहकारी संस्थाबाट घुम्न जान लागेका बताउने यात्रुहरुमा अधिकांश महिला रहेका थिए ।
उनीहरु सहकारीको पत्रसहित विमानस्थल पुगेका थिए । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना मध्ये ७० प्रतिशतभन्दा धेरै महिला थिए ।
आइतबार राति ११ बजे उड्न लागेका उनीहरूले जम्मा चार दिनका लागि दुबई जान लागेको बताएका थिए । तर भिसा भने साढे एक महीनाभन्दा धेरैको रहेको विभागले जनाएको छ ।
उनीहरुलाई अध्यागमनले प्रश्न गर्दा पनि कसैसँग स्पष्ट जवाफ नपाएकाले शंका लागेर फिर्ता गरिएको विभागले जानकारी दियो । महिलाहरुलाई दुबई पु¥याएर घरेलु काममा लगाउन लान लागिएको हुन सक्ने विभागको आशंका छ ।
प्रतिक्रिया