Logo

मुख्य समाचार

‘बाढि–पहिरोले सडक अवरुद्ध गरे जस्तै सरकारले सदन अवरुद्ध गर्यो’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाढिू पहिरोले सडक अवरूद्ध गरे जस्तै सरकारले पनि सदन अवरुद्ध गरेको आरोप लागाएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले देशभरीको सडकलाई पन्छाएर सदनमा पनि सरकारलाइ पन्छाउनुपर्ने बताए ।

उनले भने, ‘यता सदनमा सरकारले बाटो छेकेको जस्तो भएको छ ।  यो बाढि  पहिरोले  सडक अवरूद्द गरेजस्तै सदनमा सरकारले त्यो पहिरो भन्दा बढी अवरुद्ध गरेको छ । यसलाई  हामीले छिटो  भन्दा छिटो पन्छाउनुपर्यो ।’

उनले ओखलढुंगाको पहिरे खोलामा पुल निर्माण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

उनले पहिरे खोलामा पुल नहुँदा आफ्नो फोटो राखेर रिपसमेत लेखेकोमा दुख लागेको  जिकिर गरे ।

साथै उनले अहिले जिल्लाका बोटाहरू तथा सडकहरू रोपाँइ गर्ने खेत जस्तो भएकाले त्यसलाई पनि छिटो भन्दा छिटो निर्माण गर्न आग्रह गरे ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  १२ : ५९ बजे