Logo

विश्व

आङ सान सुकीलाई म्यानमारको अदालतले सुनायो चार वर्षको जेल सजाय



काठमाडौं । म्यानमारकी अपदस्त नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजाय सुनाएको छ ।

सुकीलाई आजिवन काराबास हुन सक्ने श्रृंखलाको  यो पहिलो फैसला भएको बताइएको छ । ७६ वर्षीया सुकीलाई नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।

सेनाले ‘कू’ गरेर सत्ता हातमा लिएपछि सुकीसहित प्रजातान्त्रिक नेताहरुलाई फेब्रुअरीदेखि नजरबन्दमा रोखेको छ ।

सेनाले सुकीविरुद्व ११ वटा आरोप लगाउँदै मुद्वा चलाएको छ । सुकीलाई अब नजरबन्दबाट कहिले जेल पठाइन्छ जानकारी नगराइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

म्यानमारका पूर्वराष्ट्रपति र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेशी (एनएलडी)का प्रवक्तालाई पनि यसअघि नै चार वर्षको सजाय सुनाइएको थियो ।

सेनाले गत वर्ष भएको आम निर्वाचनमा धाँधलीको आरोप लगाउँदै सत्ता कब्जा गरेको थियो जसमा एनएलडीले भारी मतले जितेको थियो।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ३५ बजे