Logo

मुख्य समाचार

अत्यधिक मदिरा सेवन गरेको भन्दै राजेशपायल राईलाई जहाजबाटै फर्काइयो



काठमाडौँ । अत्यधिक मदिरा सेवन गरेको भन्दै गायक राजेशपायल राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको छ ।

बिहीबार दुबई जान लागेका गायक राईलाई त्रिभुवन विमानस्थलबाट फर्काइएको हो ।

प्रहरी स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो ।

उनी बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेको विमानस्थल स्रोतले बताएको छ ।

जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  २ : १३ बजे