काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी सीता रानामगर विदेशी लिग खेल्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् ।
सीताले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी हुन् ।
फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता आगामी सन् २०२२ मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रीत कौर, पाकिस्तानकि सना मिरको सहभागीता हुने छ ।
सीताले कुन टोलीबाट खेल्ने भन्ने फाइनल भएको छैन । सीताले सन् २००७ मा नेपाली टोलीबाट डेब्यु गरेकी थिइन् ।
प्रतिक्रिया