Logo

मुख्य समाचार

निलम्बित मुख्य सचिव अर्याल योजना आयोगमा सरुवा, गड्तौलालाई निमित्तको जिम्मेवारी



काठमाडौं । भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दर्ता भएपछि स्वतः निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्यालको राष्ट्रिय योजना आयोगमा सरूवा भएको छ । अर्याललाई जगेडामा राखिएको छ ।

उनी निलम्बनमा परेपछि निमित्त मुख्य सचिवको जिम्मेवारी लिलादेवी गड्तौलालाई दिइएको छ । गड्तौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी वरिष्ठ सचिव हुन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : २८ बजे