Logo

मुख्य समाचार

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने



काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८० र ८१ मा स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रकम वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार ८७ अर्ब ३५ करोड २९ लाख विनियोजन भएको ९३ प्रतिशत हुने गरी रु १६ अर्ब ९९ करोड २२ लाख स्थानीय तहले पाउने छन् ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : १८ बजे