काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक अघि १०ः३० मा भवन बानेश्वरमा बैठक बस्ने भएको हो ।
बैठकमा बजेटमाथि उठेका प्रश्न र आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
आज बस्ने प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटलाई निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया