Logo

अर्थ

विदेशी मुद्राको विनिमय दर



काठमाडौं । आज २०८१ साल असार ७ गते शुक्रबार सन् २०२४ जुन २१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

शुक्रबार अमेरिकी डलर, युरो र कतारी रियालको विनिमयदर बढ्दा बेलायती पाउण्ड भने सामान्य अंकमा घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ०० बजे