Logo

अर्थ

विदेशी मुद्राको विनिमयदर



काठमाडाैं । आज असार ४ गते मंगलबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्य हिजो कै यथावत छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने घटबढ् भएकाे छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ । 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ । हिजो युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६९ रुपैयाँ २३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९९ पैसा थियो ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६५ पैसा थियो । 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ३९ बजे