Logo

कर्पोरेट

कालीकोटको मान्मामा प्रभु बैंकको ३०५औं शाखा



काठमाडौं । प्रभु बैंक लिमिटेडले कालीकोटको खाँडाचक्र नगरपालिका–१, मान्मामा ३०५औं शाखा सञ्चालनमा ल्याएको छ । आइतबारदेखि उक्त शाखा कार्यालय सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरिरहेको बैंकले जनाएको छ ।

मान्मा शाखामार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र उक्त क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा बैंक विश्वस्त छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०५ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति : २ असार २०८१, आइतबार  ४ : ३३ बजे