Logo

मुख्य समाचार

‘प्रदेश अहिले अदालतले चलाएका छन्’ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताए । कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको थापाको भनाइ छ ।

उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिए हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं । त्यो गर्न एमालेसँग सल्लाह गरौं ।’

प्रकाशित मिति : २ असार २०८१, शनिबार  १ : ४२ बजे