Logo

अर्थ

सुनको मूल्य स्थिर, चाँदीकाे भाउ घट्याे



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर छ । आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे पनि यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ११ : २६ बजे