Logo

विशेष

अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते



अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् ।

अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी समावेश छन् ।

प्रहरीका अनुसार एक १५ वर्षका संदिग्धले सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चलाए र एक्लै यो घटना घटित गराए ।

डेट्रोयटबाट लगभग १५ मिल टाढा अक्सफोर्ड शहरमा गरिएको हमलाको पछाडि हमलाकर्ताको उद्देश्य के थियो, त्यो स्पष्ट हुन सकेको छैन ।

अकल्याण्डका स्थानीय अधिकारी माइक मेककेबेले मंगलबार अक्सफोर्ड हाई स्कूल बाहिर एक पत्रकार सम्मेलनमा आपतकालीन सेवाका लागि स्थानीय समयानुसार १२ः५१ मा फोन आएको जानकारी दिए । संदिग्ध विद्यार्थीले प्रहरी आएको पाँच मिनेट भित्रै आत्मसमर्पण गरेको जानकारीमा उल्लेख छ ।

-एजेन्सीको सहयोमा।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ०४ बजे