Logo

मुख्य समाचार

देशको गोप्य सूचना बेच्नेको नाम खुलाउन कांग्रेसले माग्यो सभामुखको रुलिङ



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको गोप्य सूचना विक्री गर्ने व्यक्तिको नाम खुलाउन रुलिङका लागि सभामुखको ध्यानाकर्षण गराएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले कसले नेपालको गोप्य सूचना बेच्यो गृहमन्त्री रवि लामिछानेलाई प्रस्ट पार्नका लागि रुलिङ लागि सभामुखको ध्यानाकर्षण गराएका हुन् ।

सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीले भनेकोले गृहमन्त्रीको स्पष्ट धारणा माग गरेको भन्दै उनले यस मामिला त्यसै निभ्नेवाला नरहेको बताए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ११ : ४८ बजे