Logo

समाचार

गृहमन्त्रीले मापसे गरेका व्यक्तिलाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति



काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सभामुखको समय लिएर बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए ।

गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिकलाई रजस्वला भएको बेला सडकमा नखटाउने निर्णय गरेको राम्रो भएपनि कानुन बनाएर मात्र कार्यान्वयन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ११ : ४७ बजे