Logo

मनोरञ्जन

चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु


१८ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । वसन्त निरौलाको निर्देशन रहने फिल्म ‘ज्वाइँ साब’को छायाङ्कन मकवानपुरको चित्लाङबाट सुरु भएको छ । शुक्रबार बिहान चित्लाङमा रहेको भैरव मन्दिरमा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।

निर्देशक निरौलाका अनुसार एक महिनासम्म छायाङ्कन गरिने फिल्म चित्लाङमा २० दिन खिचिनेछ भने बाँकी दृश्य सौराहा र इलाममा खिचिनेछ । उनले समयसामयिक कथामा कमेडी जनरामा फिल्म निर्माण हुने बताए ।

फिल्ममा जीतु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ ।

रेडआइ फिल्मस्को प्रस्तुतीमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सबिन अधिकारीका कथा र शंकर धितालको पटकथा तथा संवाद छ । फिल्ममा श्याम तामाङको डीओपी, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । फिल्म यसै वर्षको तिहारमा रिलिज हुनेछ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  २ : ०७ बजे