काठमाडौं। नेकपा एमालेको जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको प्रारम्भिक सूची सार्वजनिक भएको छ ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएकाहरूसहितको सूची प्रकाशन गरेको हो ।
सूची प्रकाशित भएसँगै केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको विरोधमा उजुरीका लागि छुट्याएको समयभित्र उजुरी दिन सकिने छ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहेमा नाम फिर्ता गर्न पाउने र दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।
प्रतिक्रिया