Logo

मुख्य समाचार

‘ओमिक्रोन’ भेटिएका मुलुकमा उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस



काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ भेटिएका मुलुकसँग उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । 

आइतबार बसेको समिति बैठकले संक्रमित देखिएका मुलुकसँगको उडानलाई रोक्ने वा कडाइ गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

साथै, भारतसँगको सीमानाकामा समेत कडाइ गर्ने र परीक्षणको दायरा बढाउने सिफारिस पनि बैठकले गरेको छ ।

दक्षिण अफ्रिकी मुलुकबाट आउनु यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउन नदिन समितिले सिफारिस गरेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : २४ बजे