Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

खेलकुद

स्पेनिस ला लिगा: रियलद्वारा सेभिया पराजित



काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिडद्वारा सेभिया पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रियलले एक गोलको अग्रता उल्टाएर सेभियालाई २–१ ले पराजित गरेको हो ।

रियलका लागि करिम बेन्जेमा र भिनिसियस जुनियरले एक एक गोल गरे । सेभियाका लागि भने राफा मिरले एक गोल गरे ।

खेलको १२ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए ।

तर, ३२ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई बराबरी गोल फर्काए । त्यसपछि ८७ औं मिनेटमा भिनियस जुनियरले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक रहेको छ । रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४ अंकले पछि पारेको छ ।

सेभिया २८ अंकसहित चौंथो स्थानमा छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ६ : १८ बजे