Logo

खेलकुद

८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१÷०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त रकम विनियोजन गरेको बताए ।

उनले राष्ट्रियस्तरका ८० वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने समेत वक्तव्यमार्फत बताएका छन् ।
यस्तै, सरकारले खेल क्षेत्रमा महिला सहभागिता बढाउने, खेलकुदका आधारभूत तालिम विस्तार गरिने र ओलम्पिक र एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिने पनि उल्लेख गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ५ : १९ बजे