Logo

खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग: आज पुलिस र जावलाखेल भिड्दै



काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

अपरान्ह साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।

यसअघिका खेलमा जावलाखेल मनाङ मस्र्याङ्दी सँग १-० ले पराजित भएको थियो भने पुलिसले अर्को विभागिय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ को बराबरी खेलेको थियो ।

तालिकामा मनाङ दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ। दुई खेल खेलेका संकटा क्लब र सातदोबाटो युथ क्लबको समान ४/४ अंक छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : १२ बजे