Logo

मुख्य समाचार

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् ।

यसअघिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गर्दै सभापति शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य तथा वरिष्ठ अधिवक्ता घिमिरेलाई नियुक्त गरेका हुन् ।

यादवले आफ्नो स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि घिमिरेलाई संयोजक नियुक्त गरिएको कांग्रेसद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

कांग्रेसले यादवले संयोजकको जिम्मेवारीमा रहेर निर्वाह गरेको भूमिकाप्रति पनि धन्यवाद दिएको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : १४ बजे