Logo

मुख्य समाचार

बागमती नदीमा महिलाको शव फेला



काठमाडौं । टेकुस्थित बागमती नदीमा एक महिलाको शव फेला परेको छ ।

सुकुम्बासी बस्ती नजिकै नदीको किनारमा शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

अन्दाजी ४०/४५ वर्षीया महिलाको पहिचान भने खुल्न सकेको छैन ।

शवबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : ४१ बजे