Logo

मुख्य समाचार

कांग्रेस कास्की जिल्ला सभापतिमा किशोरदत्त बराल निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

बरालले ९ सय ९५ मत ल्याउँदै प्रतिस्पर्थी सुदीप मोहनलाई पराजित गरेका हुन् । मोहनले ९ सय १५ मत  प्राप्त गरे ।

शुक्रबार सम्पन्न मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि शनिबार दोश्रो चरणको मतदान भएको थियो ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ०१ बजे