Logo

मुख्य समाचार

ललितपुर कांग्रेस जिल्ला अधिवेशनमा लफडा, राणामाथि हातपातको प्रयास



काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्लाको आज जारी अधिवेशनमा नाराबाजी भएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि आइतबार दोस्रो चरणको मतदान हुने क्रममा नाराबाजी भएको हो । आइतबार सभापतिका उम्मेदवार रामकृष्ण चित्रकार र जितेन्द्र कुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ ।

कांग्रेस नेता उदयशम्शेर राणामाथि जिल्ला सभापति मदन अमात्य समूहले अभद्र व्यवहार गर्दै हातपातको प्रयास गरेपछि नाराबाजी भएको हो ।

मतदानका क्रममा प्रचार सामाग्रीसहित हलभित्र नजान आग्रह गर्दा अमात्य पक्षका कार्यकर्ताले अभद्र व्यवहार गरेको राणा पक्षको भनाइ छ ।

केन्द्रमा सभापति शेरबहादुर देउवा समूहमै रहेका राणा र अमात्यले जिल्ला अधिवेशनमा भने छुट्टाछुट्टै प्यानल बनाएका छन् ।

राणाको समर्थन श्रेष्ठलाई छ भने अमात्यले चित्रकारलाई सभापतिमा अगाडि सारेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : २० बजे