Logo

मुख्य समाचार

मोरङ कांग्रेसको सभापतिमा गच्छदार, लिम्बू र विष्ट भिड्दै



काठमाडौं । नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिमा तीन जना भिड्दै छन् ।

आज जारी निर्वाचनमा दिलिप गच्छदार, डिगबहादुर लिम्बू र यदुकुमार विष्ट भिडिरहेका हुन् ।

गच्छदार संस्थापन पक्षबाट मैदानमा उत्रिएका हुन। लिम्बु र विष्ट संस्थापन इतर पक्षबाट उत्रिएका हुन् । संस्थापन इतरबाट एक जनामात्र उमेदवार उठाउने प्रयास भएपनि सम्भव नभएपछि लिम्बु र विष्ट दुवै मैदानमा उत्रिएका हुन् ।

उपसभापतिमा नागेश कोइराला र भक्तिनाथ माझी लिम्बूको प्यानलबाट उठेका छन् । यसैगरी राजु मास्के विष्टको समूहबाट उमेद्वार बनेका छन् ।

गच्छदारको प्यानलबाट उपसभापतिमा गोपाल थापा र सुबोधकुमार सिंह उठेका छन् । मोरङमा ३ हजार ५ सय मतदाताले मतदान गर्नेछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : १४ बजे