Logo

मुख्य समाचार

टिपरको ठक्करबाट भक्तपुरमा एकको मृत्यु



काठमाडौं । भक्तपुरमा टिपरले स्कुटलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–८ मा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

जगातीबाट सूर्य विनायकतर्फ जाँदै गरेको बा३ख ५४२३ नम्बरको टिपरले शनिवार बिहानै विपरीत दिशाबाट आउँदै गरेको बा५७प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ललितपुर कुसुन्ती बस्ने २४ वर्षीया असीम लिम्बूको मृत्यु भएको हो ।

स्कुटरको पछाडि बस्ने ललितपुरकै पाटन बस्ने २६ वर्षीय सन्दीप महर्जन गम्भीर घाइते भएका छन् ।

प्रहरीले टिपर चालक किरण कँवर योगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ६ : ५५ बजे