Logo

मुख्य समाचार

मुलुकका सबै तहका अंग र निकायमा भ्रष्टाचार महारोगको आतंक : लिङ्देन


११ जेष्ठ २०८१, शुक्रबार  

46
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकका सबै तहका अंग र निकायमा भ्रष्टाचारको महारोगको आतंक रहेको टिप्पणी गरेका छन् ।

शुक्रबारबाट काठमाडौंमा सुरू केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक तथा समसामयिक प्रस्ताव प्रस्तुत गर्दै ४६ सालयता मुलुकमा भ्रष्टाचार बढ्दै गएको र अहिले मुलुकका सबै तहका अंग र निकायमा भ्रष्टाचारको महारोगले आतंक रहेको बताए ।

अहिले भ्रष्टाचार कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था आएको भन्दै उनले भ्रष्टाचारको अन्त्यका लागि दृढ रूपमा उभिने अठोट गरेको जिकिर गरे । अध्यक्ष लिङदनेले विदेशीको सहयोगविना चुनाव जित्न नसकिने र पदमा पुग्न नसकिने मानसिकताका कारण नेपाल विदेशी मुलुकहरूको क्रिडास्थल बन्न पुगेको टिप्पणी गरे ।

पार्टीले आफ्ना मागलाई स्थापित गराउन निरन्तर आन्दोलन गर्ने र विभिन्न ढंगबाट राज्यलाई दबाबको अभियान चलाउने उनले बताए ।

तीन दिनसम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदनमाथि छलफल भई पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  २ : ३८ बजे