Logo

समाचार

एमाले महाधिवेशन: ८ बुँदे आचारसंहिता जारी, मोबाइल निषेध (पूर्णपाठ)



काठमाडौं ।  नेकपा एमालेले १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ८ बुँदे निर्वाचन आचारसंहिता जारी गरेको छ । 

महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय ढङ्गले सम्पादन गर्न भन्दै आचारसंहिता जारी गरिएको हो ।

आचारसंहितामा कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।

मतदानस्थल र मत गणनास्थलमा अनुमति दिएका व्यक्तिहरूबाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन।

यस्तै उम्मेदवार वा महाधिवेशनको कुनै पनि मतदाता वा महाधिवेशनमा संलग्न कुनै पनि व्यक्तिको निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन बन्देज लगाइएको छ ।

कुनै पनि प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न नपाइने आचारसंहितामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ५ : ०८ बजे