Logo

मुख्य समाचार

कांग्रेस ललितपुर सभापतिका लागि श्रेष्ठ, महर्जन र चित्रकार भिड्दै



काठमाडौं । नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिका लागि आज मतदान हुँदैछ ।

जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार मैदानमा रहेका छन् । सभापतिका लागि जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकार चुनावी मैदानमा उत्रिएका हुन् ।

सभापतिमा प्रतिस्पर्धा गरेका श्रेष्ठ र महर्जनले बाँकी कार्यसमितिमा भने संयुक्त प्यानल बनाएका छन् ।

श्रेष्ठ र महर्जनलाई कांग्रेस नेता उदय शम्शेर राणाको समर्थन छ भने अर्का उम्मेदवार चित्रकारलाई जिल्ला सभापति मदन अमात्यको समर्थन रहेको छ ।

यसअघिको चुनावमा पनि सभापतिका लागि श्रेष्ठ र महर्जनले सभापतिका लागि उम्मेदवारी दिएका थिए । तर, दुवै जनाले बहुमत ल्याउन नसकेपछि हालका सभापति अमात्यलाई सहयोग गरेका थिए । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ५ : ०५ बजे