Logo

खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिग: आज दुई खेल हुँदै



काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफबीच प्रतिष्पर्धा हुँदैछ । दिउँसो १ बजे सुरु हुने खेलमा दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।

च्यासल आफ्नो पहिलो खेलमा थ्री स्टार क्लबसँग ३–० गोलअन्तरले पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले पराजित भएको थियो ।

त्यस्तै आजै हुने दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् । हिमालयन शेर्पा क्लबले यसअघि संकटा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो भने मनाङले जावलाखेल युथ क्लबसँग १–० को जित निकालेको थियो ।

मनाङ र शेर्पाबीचको खेल आज साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ४ : २६ बजे