Logo

मुख्य समाचार

‘हाम्रा माग अझै पुरा नभए २० लाख मान्छे उतार्छौँ’: महन्थ ठाकुर



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अझै पनि आफूहरुको माग पुरा नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपा एमालेको चितवनमा सुरु भएको १०औँ महाधिवेशनको उद्घाटनमा बोल्दै केपी शर्मा ओलीको पालमा आफ्ना मागहरु केहि हदसम्म पुरा भएको भन्दै अहिलेको सरकारले भने मतलब नगरेको प्रति असन्तुष्टि जनाएका हुन् ।

ओलीको पालामा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको भन्दै उनले ओलीको प्रशंसा गरेका हुन् ।

‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद’, उनले भने ।

ठाकुरले प्रधानमन्त्री देउवालाई आफ्ना मागहरु पुरा गर्न पनि ध्यानाकर्षण गरेका छन् । 

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ३३ बजे