Logo

मुख्य समाचार

एमाले महाधिवेशनले गर्दा चितवनमा कांग्रेसको जिल्ला अधिवेशन रोकियो



काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनका कारण चितवनमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन रोकिएको छ । एमालेको १०औँ महाधिवेसन चितवनमा आजबाट सुरु भएको छ ।

कांग्रेसको जिल्ला अधिवेशन पनि आजै गर्ने कार्यतालिका रहेको थियो । शुक्रबार मनोनयन दर्ता र शनिबार मतदान गर्ने कांग्रेसको कार्यतालिका रहेको थियो ।

एमाले महाधिवेशनका कारण जिल्लाको यातायातको अवस्था अस्तव्यस्त भएपछि नेता कार्यकर्तालाई आवतजावतमा समस्या पर्ने भएपछि जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको हो ।

कांग्रेस जिल्ला कार्यसमितिले अब निर्वाचन कार्यक्रम प्रदेश अधिवेशनपछि मात्रै गर्ने गरी निर्वाचन समितिलाई पत्र पठाएको जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ४३ बजे