Logo

मुख्य समाचार

न्यायालय विवाद: छिट्टै निकास दिने प्रधानमन्त्री देउवाको आश्वासन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायलयमा देखिएको विवादलाई छिट्टै निकास दिने आश्वासन दिएका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवा र नेपाल बार एसोसियसनबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले न्यायालयको विवाद अब छिट्टै सल्टाउने आश्वासन दिएका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य दलहरुसँग पनि छलफल गरेर निर्णय लिइने बताएका छन् । 

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बारसहित अधिकांश कानून व्यवसायीहरु विगत लामो समयदेखि आन्दोलनरत रहेका छन् ।

बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ लगातका अधिवक्ताहरुले न्यायालय सुद्विकरणका लागि प्रधानन्याधीस जबराको बहिर्गमनको विकल्प नभएको प्रधानमन्त्री देउवालाई बताएका थिए ।

नेपाल बारसहित प्रधानन्यायाधीसविरुद्व आन्दोलनरत संघसंस्थाहरुले प्रधानन्यायाधीसको विरुद्वमा पाँच दलिय गठबन्धन तथा अन्य राजनीतिक दलहरु चुप बसेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

उनीहरुले प्रधानन्यायाधीसलाई महाअभियोग लगाउनुपर्ने समेत माग गर्दै आएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  १० : ११ बजे