Logo

समाचार

बारका पदाधिकारीसंग प्रधानमन्त्रीले छलफल गर्दे



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देवाउले आज नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बिहान साढे १० बजे छलफलका लागि बोलाएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

देउवाले नेपाल बार र सर्वोच्च अदातल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै एक महिनादेखि आन्दोलनरत बार र वृहत नागरिक आन्दोलनले बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्च पास गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ०३ बजे