Logo

Breaking News 1

संसदीय समितिको कार्यदलको बैठक जारी



काठमाडौं । संसदीय समितिको कार्यदलको बैठक सिंहदरबारमा जारी छ । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बसिरहेकाे हाे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल हुने छ ।

सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो । 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ९ : ५५ बजे