Logo

समाचार

कांग्रेस महाधिवेशन : बैतडीमा भारी मतान्तरले संस्थापन इतरका चन्द विजयी



बैतडी । नेपाली कांग्रेस बैतडीको सभापतिमा चतुरबहादुर चन्द विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक भएको मत परिणामअनुसार चन्द ३२० मतान्तरले विजयी भएका हुन् । 

सभापतिमा चन्दले ८०९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी शिवराज भट्टले ४८९ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । यस्तै उपसभापतिमा वीरबहादुर विष्ट ६५८ मत प्राप्त गरी विजयी भए । अर्का उपसभापतिमा चन्द प्यानलका खगेन्द्रसिंह धामी ६२४ मतसहित विजयी भए। उपसभापतिमा चन्द प्यानलका रमेशदत्त पाण्डे (६०८) र भट्ट प्यानलका हरिसिंह धामी (५५२) मत ल्याएर पराजित भएका छन्।

यस्तै सचिवमा चन्द प्यानलका प्रेमबहादुर चन्द ६४० तथा देवराज जोशी ६३३ मत प्राप्त गरी विजयी भएका छन् । सचिवमा पराजित भट्ट प्यानलका रमेशसिंह भण्डारीले ५९५ र कर्णबहादुर बोहराले ५२९ मत प्राप्त गरे । सहसचिवमा पनि चन्द प्यानलकै दीपेन्द्रबहादुर चन्द ६६६ र दशरथसिंह चाड ६५४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिए । सो पदमा पराजित भट्ट प्यानलका घनश्याम भट्टले ५३० र रमेश कोलीले ५७४ मत ल्याउए । 

एक उपसभापतिबाहेक सबै पदाधिकारीमा चन्द प्यानलकै उमेदवार विजयी भएका छन् । जिल्लामा एक हजार ४०२ प्रतिनिधि रहेकामा एक हजार ३४८ मत खसेको थियो । चन्द रामचन्द्र पाैडैल र भट्ट शेरबहादुर देउवा समूहबाट प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । 

महािधवेशन प्रतिनिधिकाे मतगणना भने दिउँसाेबाट सुरू गरिने जनाइएकाे छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ०८ बजे