Logo

कला/साहित्य

टोरिनो फिल्म फेस्टिभलमा नेपालबाट ‘जुन्को’ छनोट



काठमाडौं । नेपाली लघु फिल्म ‘जुन्को’ इटलीको टोरिनो फिल्म फेस्टिभलमा छानिएको छ । मिन्सो लिम्बूको लेखन तथा निर्देशनमा बनेको यो फिल्म नोभेम्बर २६ तारिखदेखि सुरु भएर डिसेम्बर ४ सम्म चल्ने इटलीको भेनिसपछिको सबैभन्दा ठूलो फेस्टिभल मानिने टोरिनो फिल्म फेस्टिभलमा छानिएको हो ।

फिल्ममा गरिमा सिंह र सरिता गिरीको मुख्य भूमिका रहेको छ । सिमल सिनेमाका लागि प्रेमप्रसाद अधिकारीले निर्माण गरेको फिल्ममा निरज भुसालको छायांकन रहेको छ ।

फेस्टिभलको ३९ संस्करणमा छानिएको ‘जुन्को’ अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा प्रतिस्पर्धा गर्ने भएको छ । फिल्म यसअघि ग्रिसको ड्रामा इन्टरनेसनल फिल्म फेस्टिभल, दोहाको एजयाल फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो ।

टोरिनो ल्याबमा गत साल मात्र अरुणदेव जोशीको ‘होरी’ छनोट भएको थियो । यही ल्याबमा मीन भामको बन्न लागेको फिल्म ‘चिसो वर्ष’ र दीपक रौनियारको ‘स्काई इज माइन’ पनि छनोट भएका थिए । तर ल्याबबाहेक फेस्टिभलमा नै कुनै नेपाली फिल्म छानिएको यो पहिलो पटक हो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : ३९ बजे